खड्का दम्पति द्वारा छाेराकाे जन्मदिनमा पिङ्ग निर्माण, चर्चामा टिकटक राेड

0
670

दमक /  दमक झापा निवासी शाइन खड्काको आठौ जन्मदिनको अवसरमा बुवा दिपक खड्का तथा माता उमा पौडेलले पर्यटन प्रबर्द्धनका लागि पिङ बनाइ दिएका छन् ।

खड्का परीवारले पहिलो पाइला नेपाल दमक शाखाको संयोजनमा पछिल्लो पटक निकै चर्चामा रहेको मोरङ्ग मिक्लाजुङ्ग ८  स्थित मधुमल्ला पर्यटकीय मार्ग (टिकटक रोड ) मा बालबालिका तथा आगन्तुक पर्यटक लाई मनोरञ्जनको तथा पर्यटन प्रबर्द्धनका लागि पिङ बनाइ दिएका छन् । उक्त पिङ लाइ शाइनले मंगलबार  दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, टिक टक रोड व्यवस्थापन समितिका अध्यक्ष  सुरेन्द्र थापा, पहिलो पाइला नेपाल दमक शाखाका सल्लाहकार गणेश श्रेष्ठ  लगायत  स्थानिय  को उपस्थितीमा उद्घाटन गरेका छन् ।

सो अवसरमा बोल्दै पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष समेत रहेका शाइनका बुवा दिपक खड्काले  जन्मदिनमा गरिने फजुल खर्चलाइ सामाजिक काममा लगाएको बताए । उनले भने केही युवाहरूको समुह मिलेर  सामान्य  जंगलको बाटो लाइ पर्यटकिय गन्तब्य बनाएर हजारौ पर्यटक  मिक्लाजुङ्ग भित्र्याउनु निकै सहरानिय काम भएको छ ।

पुरानो बजार मधुमल्ला हाल निकै पछि परेकोमा दुखेसो गर्दै टिक टक रोड व्यवस्थापन समितिका सचिब रुद्र भण्डारीले पुरानो बजारलाइ पुर्न देश बिदेशमा चिनाउन युवाहरू मिलेर गाउपालिका, स्थानियबासी समेतको सहयोगमा यो मार्ग निर्माण गरेका छौ । आगमी दिनमा टिकटक रोड मा ट्रि हाउस, २४ सै घण्टा इन्टरनेट लगायतको सुबिधा उपलब्ध गराउने योजना रहेको उनले बताए ।

सोही अवसरमा पहिलो पाइला दमक शाखाले   बिस्वब्यापी महामारी रूपमा फैलिरहेको कोरोना भाइरस को संक्रमण बाट बच्न  सचेतनाका लागि, सचेतना बोर्ड  टिक टक रोड व्यवस्थापन समिति लाइ हस्तान्तरण गरेको छ । कायक्रममा पहिलो पाइला नेपाल दमक शाखाका सदस्यहरू, मधुमल्ला पर्यटकीय मार्ग  (टिकटक रोड ) व्यवस्थापन समितिका पधादीकारी स्थानिय लगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here