भुमिहिनहरुलाई हटाएको विषयमा प्रतिष्ठान गम्भिर ध्यानाकर्षण

0
278

दमक ७ मा बसोबास गर्दै आएका भुमिहिनहरुलाई नगरपालिकाले हटाएको विषयमा राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिष्ठानको तर्फबाट एक विज्ञप्ति जारी गर्दै त्यस विषयमा नगरप्रमुख रोमनाथ ओलीसँग छलफल भएको पनि जनाईएको छ । छलफलका क्रममा नगरप्रमुख ओलीले सो विषयलाई चाँडै समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानका केन्द्रिय सल्लाहकार कोमलप्रसाद प्रसाई, झापा अध्यक्ष डा.नविन चापागाँई, वरिष्ठ उपाध्यक्ष धनन्जय बास्कोटा, उपाध्यक्ष मनकुमार गदाल, सचिव नविन योगी र कोषाध्यक्ष चैतन्य बरालले संयुक्त विज्ञप्ति जारी गरि बसोबास जस्तो संवेदनशिल विषयलाई उचित व्यवस्थापन गरि मानव अधिकारको रक्षा गर्न आग्रह गरिएको छ । प्रतिष्ठानको टोलीले वस्ति उठाईएको क्षेत्रको स्थलगत अवलोकन पनि गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here