नेपालमा थप ३३२ जनामा कोरोना संक्रमित थपिए

0
195

काठमाडौं, चैत २६ । नेपालमा पछिल्लो २४ घण्टामा ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार १०० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ७९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ । हाल देशभर २ हजार ४५४ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here