विराट गोल्ड कपको तयारी पुरा, ट्रफिसहित र्याली

0
262

विराटनगरमा यहि चैत्र २६ गतेबाट हुन गईरहेको विराट गोल्डकपको पुर्व सन्ध्यामा आयोजक समितिले विराटनगरमा र्याली निकालेको छ ।

विराटनगरको शहिद रंगशालाबाट मंगलबार बेलुकी निस्किएको मोटर र्यालीले विराटनगरको विभिन्न भागको नगर परिक्रमा गरेको थियो ।
विराट गोल्डकपको ट्रफि सहित निकालिएको र्यालीमा आयोजक समितिका पदाधिकारी लगायत अन्य युवा खेलाडीहरुको सहभागिता रहेको थियो ।

विराट गोल्डकपको विजेताले नगद १५ लाख १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले नगद ७ लाख ५१ हजार रुपैयाँ पाउने छन् । मोफसलमा सर्वाधिक राशि खप्तड गोल्डकपमा नगद २१ लाख रुपैयाँ पुरस्कार पछि दोस्रो धेरै नगद राशि पुरस्कार रहेको विराट गोल्डकप हो । प्रतियोगितामा विभिन्न ७ वटा विधाका उत्कृष्ट खेलाडीले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

चैत २६ देखि वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा १० क्लबको सहभागिता रहने छ । जसमा नेपालबाट विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ)का साथै विराटनगर महानगरपालिका ११, मनाङ मस्र्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज रुपन्देही, संकटा क्लब छन् भने भारतको युनाइटेट सिक्किम, पंजाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुम टोलीको सहभागिता रहेको संयोजक मनोज विक्रम साहले जनाउनु भएको छ ।

पहिलो पटक विराटनगरमा स्थायी रुपमा जडान गरिएको फ्लड लाईटको साथमा हुन लागिएको प्रतियोगिताको मज्जा लिन आउने दर्शकको अध्याधिक भिड हुने आकंलन गरिएको

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here