तस्करीका हरेक उपाए, धानको बोराभित्र कपडाको तस्करी

0
141

सशस्त्र प्रहरीले अवैधरूपमा भारतबाट ल्याइएको धानको बोराभित्र करोडौँ मूल्य बराबरको लुकाइछिपाइ ल्याइरहेको कपडासहित एक भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । भारतबाट आइसिपीको बाटो हुँदै काठमाडाँै जान लागेको बिआर०६जिबी ४१५६ नंको भारतीय ट्रकलाई आइसिपी गेटनेर जाँच गर्दा धानको बोरामुनि करिब रु एक करोड मूल्य बराबरको कपडा लुकाइछिपाइ ल्याइरहेको अवस्थामा फेला परेको सशस्त्र प्रहरी प्रदेश नं २ कार्यालय महोत्तरीले जनाएको छ

उक्त भारतीय ट्रकमा धानको बोरामुनि सटिङसुटिङ, कुर्ता सुरुवाल, साडीलगायतका कपडा रहेको जनाइएको छ । सामानसहित सो ट्रकलाई आवश्यक कारवाहीका लागि पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको छ । सो ट्रक र सामान काठमाडौँका इन्द्रमलको रहेको बुझिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here