दमकका तीन शैक्षिक संस्थालाई २१ करोड

0
588

दमक/झापाको दमकका तीन शैक्षिक संस्थालाई भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकारबाट २१ करोड़ रूपैयाँ छुट्टिएको छ । प्राप्त जानकारी अनुसार दमक बहुमुखी क्याम्पसलाई १० करोड, दुकुरपानी माविलाई ६ करोड र हिमालय माविलाई ५ करोड रूपैयाँ गरी जम्मा २१ करोड़ रूपैयाँ आएको दमक नगरपालिका शिक्षा शाखाका अधिकृतसोमनाथ गुरागाईले जानकारी गराए ।

प्रधानमन्त्रीको गृह नगर भएकाले पनि केही वर्ष यता दमकमा प्राथमिकताका साथ बजेट आउन थालेको हो दमक बहुमुखी क्याम्पसलाई प्राप्त हुने रकमबाट कक्षाकोठाका लागि भवन निर्माण गर्ने योजना रहेको क्याम्पस प्रमुख डा. नेत्र बुढाथोकीले जानकारी गराए । तर अहिले यि शैक्षिक संस्थालाई आएको रकम दमक नगरपालिकाले भवन निर्माणका लागि ठेक्का लगाउने र नगरपालिकाबाटै परिचालन हुने पनि जानकारीमा आएको छ ।

दुकुरपानी माविमा २ वटा तीन तलाका भवन बनाइने तयारी भइरहेको पनि प्रधानाध्यापक कृष्ण भण्डारीले बताए । पूर्वकै नमुना विद्यालयका रूपमा रहेको हिमालय माविमा पनि भवन निर्माणकै कार्य गरिने प्रध्यापक ओमप्रसाद आचार्यले बताए

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here