जंगे किल्ला रोयल इन्फिल्डस् दाेस्राे वर्षमा

0
703

झापा, ४ चैत /  जंगे किल्ला रोयल इन्फिल्डस् ले आफ्नो  दोस्रो वार्षिक उत्सव मनाउदै छ ।

जंगे किल्ला रोयल इन्फिल्डस्ले आफ्नो दोस्रो वार्षिक उत्सव प्राचीन समयमा धिमालहरूको राजधानी भएको स्थान लेटाङमा  मानाउने भएको हो ।

आजकै मितिमा दमकका रोयल इन्फिल्ड (बुलेट) बाइक कुदाउने १० जना युवाहरू मिलेर जंगे किल्ला रोयल इन्फिल्डस्  समुह निर्माण गरेका थिए ।  रोयल इन्फिल्ड प्रविधिसंगै यसको ब्राण्डमा धेरैको विश्वास हुने गरेको छ । जंगे किल्ला रोयल इन्फिल्डस् आपसी सद्भाव, सहिष्णुता, भाईचारा र  सिमानामा रहेका जंगे किल्ला जस्तै बलियो र सबै बिच एकताको लागि  समुह स्थापना गरीएको जंगे किल्ला रोयल इन्फिल्डस्का गोपाल चेम्जुङले बताए ।

जंगे किल्ला रोयल इन्फिल्डस्ले बिभिन्न समयमा समुहमा मिलेर बिभिन्न स्थापनको भ्रमण गरी उक्त स्थानको पर्यटन प्रर्वधन बढावा गर्ने र बिभिन्न सामाजिक काम गर्ने गरेकाे छ ।  रोयल इन्फिल्ड एडभेन्चर्स राइडिङ बाइक हो । शक्तिशाली इन्जिन र मेटल बडी भएकाले नेपालमा यो बाइक बुदाउनेको सङ्ख्य दिनदिनै बढि रहेको कारण जंगे किल्ला रोयल इन्फिल्डस् मा हाल ७० जना  बढी अाबद्व रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here