कोरोना संक्रमणको जोखिम बढ्दै इटालीमा पुनः प्रतिबन्द लगाइने, सोमबारदेखि लकडाउन कायम गरिने

0
163

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम पुनः बढ्दै गएपछि इटालीमा प्रतिबन्धात्मक नियम लागु हुने भएको छ ।

आगामी सोमबारदेखि इटालीका अधिकांश क्षेत्रका पसल, रेस्टुरेन्ट र विद्यालयहरु बन्द हुने भएका छन् । प्रधानमन्त्री मारिओ द्राघीले महामारीको नयाँ लहरको चेतावनी दिएपछि सोमबारदेखि विद्यालय, रेस्टुरेन्ट तथा पसलहरु बन्द गर्न लागिएको बीबीसीले जनाएको छ ।

इस्टरका बेला अप्रिल ३ देखि ५ सम्म पूर्णरुपमा बन्द गरिने छ । एक वर्षअघि इटालीले महामारी नियन्त्रणमा लिनका लागि पहिलोपटक देशव्यापी लकडाउन घोषणा गरेको थियो । अहिले पनि इटालीमा संक्रमण तीव्र रुपमा बढिरहेको छ । इटालीमा कोभिड–१९ बाट अहिलेसम्म एक लाख भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ ।

बेलायतपछि युरोपमा सबैभन्दा धेरैको मृत्यु भइसकेको छ । इटालीमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुस्त भइरहेको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोपका कारण ब्लड क्लट बन्ने जोखिम रहेको भन्दै इटालीसहित युरोपका बुल्गेरिया, डेनमार्क र नर्वेमा पनि तत्कालका लागि सो खोप रोकिएको छ ।

विश्व स्वास्थ्य संगठनले खोपका कारण ब्लड क्लट बन्ने प्रमाण नभेएिको बताएको छ । उसले खोप अभियान नरोक्न आग्रह गरेको छ । इटालीमा अहिलेसम्म झण्डै ३२ लाख मानिसमा संक्रमण पुष्टि भएको छ ।

एजेन्सी

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here