सुजनाको स्मृतिमा रक्तदान र स्वास्थ्य शिविर

0
286

शिबसताक्षी / शिबसताक्षी नगरपालीकाकी पुर्ब स्वस्थ्यकर्मी स्वर्गीय सुजना सेर्माको २५ औ जन्मजयन्ति को अवसरमा बृहत रक्तदान तथा एक दिने निशुल्क स्वस्थ्य शिबिर सम्पन्न भएको छ ।

शिबसताक्षी ८ स्थित भगवती आधरभुत बिध्यालयको प्राङ्गणमा उक्त कर्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको नगरप्रमुख चन्द्रकुमर सेर्माले उद्घाटन गरे ।कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अथिती सेर्माले नगरले एक होनाहर स्वस्थ्यकर्मी गुमाएको बतए । उनले स्वर्गीय सुजना सेर्मा हामि माझ नभए पनि उनको योगदानको नगरले सधै कदर गर्ने बताए ।

सोही अवसरमा समाजमा विशिष्ट योग्दान गर्ने २वटा सस्था तथा २जना ब्यक्तिहरुलाइ सम्मनित गरिएको छ । यसरी सम्मनित हुनेमा सताशीधाम जेसिज बर्ष 2020 ,जिवनचक्र समज नेपाल दमक , समाजसेबी दलकुमार सेर्मा र जेष्ठ नगरिक ८८ बर्षिय चन्द्रबहादुर सेर्मा रहेका छन ।उनिहुरुलाई दोसल्ला र सम्मन पत्रद्वारा सम्मानित गरिएको हो ।

उक्त कार्यक्रममा २९ पिन्ट रगत सन्कलन हुनुको साथै १६० बडिले स्वस्थ्य जाँच गराएको बिध्यालयका प्रधान्ध्यपक टेकबहदुर थापा मगरले जानकारी दिए । ग्रामिण भेगका नगरिक हरु स्वस्थ्यको पहुच सम्म पुग्न कठिन हुने भएकोले घर आगनमा स्वस्थ्य शिबिर आयोजना गरिएको बताइएको छ ।

सिबिरमा अँखा ,कान , दन्त र आयुर्वेद सेवा प्रदान गरिएको थियो । त्यसै गरि आजै बिध्यलयमा स्थपना गरिएको सुजना सेर्मा स्मृती अक्षयकोष छात्राबृत्ती कक्षा नर्सरी देखि कक्षा ५ सम्मका गरिब तथा जेहेन्दर बिद्यार्थीहरुलाइ बिध्यालय पोशक बितरण गरिएको छ भने बिध्यलयको शैक्षिक गुणस्तर वृद्धि को लागि १५ हजर ४५रुपैया प्रदान गरेको अक्षयकोष दाता भुवानी प्रसाद सेर्माले बतए ।

आजै सुजनाको घर दक्षिणको सडक सुजना मार्गको उद्घाटन समेत गरिएको छ ।कार्यक्रममा उपस्थित सबैले समजमा अतुलन्य काम गरेको भन्दै सुजना सेर्मा परिवारको प्रसङ्शा गरे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here