काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य परीक्षण पूरा गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ ।
लामो समयदेखि नेपालमै उपचार गराइरहेका उहाँलाई चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंकामा दिल्ली जान सल्लाह दिएपछि फागुन ९ गते दिल्ली जानुभएको थियो । बायप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकाले पनि दुई–तीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न सुझाव दिएका छन् ।
तत्कालै शल्यक्रिया नभए क्यान्सरको खतरा हुने चिकित्सकले बताएका छन् ।