दमक उद्योग वाणिज्य संघको २९ औं बार्षिक साधारण सभा माघ २३ गते हुदै

0
301

दमक, २१ माघ  /  दमक उद्योग वाणिज्य संघको २९ औं बार्षिक साधारण सभा यही माघ २३ गते गर्ने तय भएको छ । बर्षेनी ६ भाद्रमा हुँदै आएको संघको बार्षिक साधारण सभा यस बर्ष भने कोरोना महामारीका कारण पाँच महिना ढिलो गरि हुन लागेको हो ।

संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार संघको साधारण सभा सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँको संयोजकत्वमा पाँच सदस्यीय साधारण सभा तयारी उपसमितिले साधारण सभाको तयारी गरिरहेको छ । समितिका सदस्यहरुमा रुवल अधिकारी, नविन अग्रवाल, सुस्मा निरौला र दिनेश सुवेदी सदस्य रहेका छन ।

साधारण सभामा संघका बार्षिक गतिबिधिहरु तथा प्रगति प्रतिवेदन प्रस्तुत हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वबाट सो साधारण सभाका उदघाटन गरिने जनाइएको छ ।

साधारण सभामा १ हजार ४ सय १८ जना सदस्यहरु सहभागी हुन योग्य भएका संघका कार्यालय प्रमुख निरज विष्टले जानकारी दिए । उनका अनुसार गत आर्थिक बर्ष २०७६/०७७ मा १ हजार १ सय ४५ सदस्यहरुको नविकरण भएको छ भने सो अवधिमा २७३ वटा नयाँ फर्म दर्ता भएका छन ।

 साधारण सभा माघ २३ गते ११ : ३० बजे देखि दमक ६ स्थित नेपालीरीका हाेटलमा हुनलागेकाे सघंका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिए । उनले भने साधारण सभामा जति सक्दाे बढी सदस्यकाे उपस्थतिकाे लागी सभा हुने मिति समय र स्थान बारे बिभिन्न माध्यम बाट प्रचार प्रसार गरीराखिएकाे छ ।  सहभागी हुन योग्य सदस्यलाइ  अनिवार्य उपस्थित भइ दिन समेत सघंका प्रथम उपाध्यक्ष खड्काले अाग्रह गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here