झापाका प्रहरी उपरिक्षक सानुराम भट्टराईलाइ भट्टराई वंश प्रतिष्ठाले गर्याे स्वागत

0
430

दमक, १८ माघ /  झापा जिल्लामा पछिल्लो समय बढेको लागुऔषध दुब्र्यसन र यसको कारोबारलाई नियन्त्रण गर्न सबै समुदायक सहयोग आवस्यक रहेको जिल्लाको प्रहरी प्रमुख भयी आउनु भएका प्रहरी उपरिक्षक सानुराम भट्टराईले बताउनुभएको छ ।

भट्टराई कुल वंश प्रतिष्ठाले आज गरेको स्वागत कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक भट्टराईले युवा पुस्तालाई लागुऔषधबाट जोगाई मुलुकको असल नागरिक बनाउन अभिभावकहरु पनि उत्तिकै जिम्मेवार बन्नु पर्ने बताउनु भयो । झापा जिल्लाको धेरै क्षेत्र भारत संग सिमा जोडिएकोले यो संवेदनसिल ठाउँ रहेको भन्दै उहाँले जिल्लामा शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिएर काम गर्ने बताउनु भयो ।

प्रतिष्ठान झापा जिल्ला अध्यक्ष गंगाप्रसाद भट्टराईको अध्यक्षता र केन्द्रिय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न स्वागत कार्यक्रममा भट्टराई कुल वंश प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुलाई प्रहरी उपरिक्षक भट्टराईलाई सफलताको सुभकामना दिएका थिए ।

सोहि अवसरमा भट्टराई कुल वंश प्रतिष्ठानले सन्चालन गरेको श्री बशिष्ठ संकृत गुरुकुलमा समेत प्रहरी उपरिक्षक भट्टराईको स्वागत गरिएको थियो । गुरुकुलमा अध्ययनरत बटुकहरुले स्वस्ती वाचन गर्दै प्रहरी उपरिक्षक भट्टराईलाई स्वागत गरेका भट्टराई कुल वंश प्रतिष्ठानका झापा जिल्ला सचिव गिरिराज भट्टराईले जानकारी दिनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here