आश्रमलाइ अमेरिकाबाट मनिषाकाे सहयोग

0
315

दमक/दमक ६ घर भई हाल अमेरिकामा बसोबास गर्दै आएकी मनिषा एवईले दमक ९ स्थित अनाथ आश्रममा जाडोमा उपयोगी लत्ता कपडा र खाद्यन्न सहयोग प्रदान गरेकी छिन ।

आश्रममै आयोजना गरिएको सक्षिंप्त कार्यक्रममा आश्रममा आश्रित असहाय बालबालिकाहरुका लागि ओढने सिरकसहित चामल, खानेतेल, चिनी, साबुन लगायतका सामग्री हस्तान्तरण गरिएको हो । आइतबार कमल ५ स्थित नन्द चन्द्रकुमारी आङदेम्बे प्रतिष्ठानको संयोजनमा भएको कार्यक्रममा प्रमुख अतिथी दमक ९ का वडाध्यक्ष राम बहादुर धिमालले आश्रम सञ्चालक समिति उपाध्यक्ष मन्धरा पौडेल र कोषाध्यक्ष मेनुका बुढाथोकीसहित बालबालिकाहरुलाई ति सामग्री हस्तान्तरण गरेका थिए ।

२० हजार मुल्य बराबरको विभिन्न सामग्री प्रदान गरिएको कार्यक्रम संयोजन गर्ने प्रतिष्ठानका सचिव विष्णु सुब्बाले जानकारी दिए ।

सो आश्रममा हाल एक दर्जन बढी असहाय तथा विपन्न वर्गका बालबालिकाहरु आश्रित रहेका छन । कार्यक्रममा स्थानीय बम बहादुर धिमाल, प्रतष्ठानका सचिव समेत रहेका पत्रकार विष्णु सुब्बा लगायत सहभागी थिए । कार्यक्रममा वडाध्यक्ष धिमाल र आश्रमका तर्फबाट सञ्चालक समिति उपाध्यक्ष पौडेलले सहयोगी दाताप्रति धन्यवाद प्रकट गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here