दमकको एड्भान्स अस्पतालको साधारण सभा सम्पन्न, अध्यक्षमा पुन पराजुली

0
343

झापा / झापाको दमकमा रहेको एड्भान्स मल्टिस्पेसियलिटी हस्पिटलको ५ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारण सभाले पुन माधब पराजुलीको अध्यक्षतामा ९ सदस्य अस्पताल सञ्चालक समिति सर्बसम्मत रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कृष्ण तिम्सिना, सचिबमा पर्शुराम खरेल रहेका छन् भने सदस्यहरुमा डा. अनिल थापा, दिपक खरेल, डा. केपी सुबेदी, ऐश्वर्या तिम्सिना, भूपालराज कटुवाल र नारायण केसी रहेको अस्पताल ब्यवस्थापक चैतन्य बरालले जानकारी दिएका छन् ।

यस्तै ५ औं साधारण सभाले अस्पालको नयाँ भवन बनाउने तथा थप सेवा सुबिधा बिस्तार गर्दै लैजाने निर्णय पारित गरेको सदस्य दिपक खरेलले जानकारी दिएका छन् ।

अध्यक्षमा सर्बसम्मत भएपछि अध्यक्ष पराजुलीले अस्पतालमा थप सेवा सुबिधा बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् । त्यसैगरि ५ औं साधारण सभाले पारित गरेका योजनाहरु अंक्षरस पालना गराउन आफु दत्तचित्त भएर लाग्ने अध्यक्ष पराजुलीको भनाइ छ ।

अस्पतालले यस क्षेत्रका सेवाग्राहीहरुलाई समयानुकल सेवाहरु दिन लागिपरिरहने उनले प्रतिबद्धता समेत जनाएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here