दमक ३ मा खोप केन्द्रकाे भवन निर्माण सम्पन्न

0
881

दमक, १३ पुस /  झापाकाे दमक ३ मा नयाँ  खोप केन्द्र संचालनमा  अाएकाे छ ।

खाेप केन्द्रकाे उद्घाटन पछी सामुहिक तस्बिरमा जनप्रतिनिधि र स्थानीय बासी

दमक ३ स्थित नव जागरण टाेलकाे भस्मेमा निर्माण भएकाे खाेप केन्द्रकाे अाज दमक नगरपालीकाका प्रमुख राेमनाथ अाेलीले उद्घाटन गरेका छन् ।

खोप केन्द्र  दमक नगरपालीका, यु एन एच सि अार  तथा आम्दा नेपालको सहयोगमा निर्माण भएकाे हाे । उद्घाटन पछि बाेल्दै नगर प्रमुख अाेलिले  निर्माण भएकाे खाेप केन्द्रबाट स्थानीय बासी तथा भुटानी सरणार्थीहरुले पनि अागामी दिनमा खोप तथा  स्वास्थ्य सेवाका अन्य सुबिधा लिन सक्ने बताए ।

यस अघि वडा भित्र वडामा रहेकाे अाम चाैक स्वास्थ्य केन्द्रबाट मात्र खाेपकाे सेवा दिदै अाएकाे भए पनि अब नयाँ खोप केन्द्र  बने पछी वडा बासी लाइ स्वास्थ्य सेवा लिन थप सहज हुने वडा अध्यक्ष नबिन बरालले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here