कांग्रेसले आज देशभर प्रदर्शन गर्ने, काठमाडौंका १५ ठाउँमा सभा, ओलीको क्षेत्रमा  मिनेद्र रिजाल

0
414

काठमाडौं । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दैछ । कांग्रेसले देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा आज एकसाथ प्रदर्शन गर्न लागेको हो । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध ¥याली र सभा हुने कांग्रेसले जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्नुहुनेछ । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

महामन्त्री डा. शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नुहुनेछ भने पूर्व महामन्त्री प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्नुहुनेछ भने  प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्रमा  डा मिनेद्र रिजाल सम्बोधन  गर्ने कार्यक्रम रहेकाे छ ।

पार्टी प्रवक्ता शर्माका अनुसार आज काठमाडौंका १५ ठाउँमा सभा र प्रदर्शन हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कांग्रेस पनि वैचारिकरुपले विभाजित छ ।

औपचारिकताका लागि विरोध कार्यक्रम तय गरेपनि सभापति शेरबहादुर देउवा नैं निर्वाचनको पक्षमा रहेको अर्को पक्षको आरोप छ । यही विषयमा हिजो देउवाले महामन्त्री शशांक कोइरालासहित आफु निकटका नेताहरुसँग छलफल गर्नुभएको छ ।

संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकोले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा चर्काउन नहुने देउवा पक्षको निष्कर्ष छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here