नेकपाका दुवै समुहले गरे युवा लक्षित भेला

0
662

दमक/ पार्टीको नाम, चुनाव चिन्ह लगायतका बिषयमा आधिकारिकताको आआफनै दाबी चलिरहेका बेला झापामा  शनिबार नेकपाका दुवै समुहले युवा बिद्यार्थी लक्षित भेला आयोजना गरेका छन ।

नेकपाको केपी शर्मा ओली समुह निकटका युवा बिद्यार्थीहरुको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला  सालबारीमा सम्पन्न भएकाे छ ।

नेकपा प्रदेश कमिटि सदस्य साेमनाथ पाेर्तेल तथा नेकपा झापा सचिब मदन भण्डारीकाे प्रमख अतिथ्यतामा भएकाे  भेलामा देशकाे पछिल्लाे राजनितिक घटनाका क्रम, चुनावकाे तयारी, स्थानिय तहमा पुन परिचालन लागायत बिषयमा छलफल भएकाे राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य पर्वतराज भण्डारीले  जानकारी दिए ।

राष्ट्रिय युवा संघ नेपालका झापा संयाेजक शम्भु भण्डारीकाे अध्यक्षता  भएकाे उक्त भेलामा  युवा संघ नेपाल पुर्व  केन्द्रिय सदस्य  राजु कार्की, त्रिलाेचन सापकाेटा, नेकपा जिल्ला कमिटि सदस्य बद्री भट्टरार्इ, राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी  सदस्य  ज्ञानेद्र कुलुङ,रबिन खरेल, शिव काेएराला, दिपक बराल,राजकुमार थापा, नेकपम झापा जिल्ला सदस्य छबि चुडाल, टिकाराम मंग्राती लगायतकाे उस्थिती रहेकाे थियाे ।

त्यसैगरी  झापाको दमकमा आज नेकपाको पुष्पकमल दाहाल– माधव नेपाल समुह निकटका युवा बिद्यार्थीहरुको भेला दमक ८ स्थित पार्टी कार्यालयमा भएको छ ।

बिद्यार्थी नेता विनोद तिम्सिनाको अध्यक्षता र राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य कर्म पूलामीको प्रमुख उपस्थितिमा भएको भेलामा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य प्रत्युस राना, पार्टीका प्रदेश सल्लाहकार सदस्य तथा दमक नगरका पूर्व मेयर इन्द्र बुढाथोकी, विरेन्द्र बस्नेत, पुष्पलाल मित्रता केन्द्र झापाका अध्यक्ष मणी भण्डारी, नेकपा झापाका नेता रमेश गुरागाइँ ,महेन्द्र खडका, बेदु गौतम, अनेरास्ववियु जिल्ला अध्यक्ष अनिल सुवेदी लगायतले भेलालाई सम्बोधन गरेका थिए ।

भेलामा नेकपा दमक नगर सचिव तिर्थराज बस्नेत, कमल गाउँ समिति सचिव रविन गुरुङ, हुकुम बहादुर नेपाली , प्राध्यापक तथा बुद्धिजीविहरु अखिलेश्वरलाल दास, तुलसी निरौला, डिल्लीराम पोखरेल, पूर्व बिद्यार्थी नेता गोविन्दराज कट्टेल लगायतको पनि सहभागिता रहेको अ‍ेनारस्ववियूका जिल्ला नेता रोशन भण्डारीले जानकारी दिए । भेलाको सञ्चालन केशव दाहालले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here