बिपन्न नागरिकहरुलाई न्यानो कपडा वितरण

0
329

झापा,नेपालका विभिन्न स्थानमा चिसो अत्याधिक मात्रामा बढेसङै विभिन्न सामाजिक सघ सस्थाहरु मिलेर आर्थिक अवस्था कमजोर भएका तथा अति बिपन्न नागरिकहरुलाई न्यानो कपडा वितरण कार्यक्रम गर्न सुरू गरेका छन् ।

यसै बिच नव युवा सन्जाल,रोट्याम्ट क्लब अफ दमक,बन्जरा कन्ट्रक्सन, सत्यम सोलुसन, शिवसक्ती फ्रुड सेन्टर र उद्यम स्कुल मिलेर  झापा जिल्लाको कमल गाउँपालिका बडा नम्बर ७ ठूलो बार्हघरेका अति बिपिन्न ३१ परिवारका करिब २१० जना मुसहर परिवारमा न्यानो कपडा सङै विविध शैक्षिक सामाग्री बितरण गरिएको छ ।

चिसो अत्याधिक मात्रामा बढेसङै अति बिपन्न नागरिकहरुलाई जाडाे बाट बचाउन  न्यानो कपडा बितरण गरिएको कार्यक्रम संयोजक सुरज बन्जराले बताए । कार्यक्रममा स्थानीय समाजसेवी तथा बिबिन्न अग्रज ब्यक्तित्बहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here