कोरोना संक्रमण दोस्रो चरणमा फैलिने सम्भावना

0
280

काठमाडौं, पुस ८ । विश्वलाई नै एक वर्षदेखि आक्रान्त पारिरहेको कोरोना महामारी केही देशहरुमा फेरि दोस्रो चरणमा फैलिसकेको छ ।

झन बेलायतमा त भाईरस नयाँ स्वरुपवाट फैलिन थाले पछि यसले चिन्ता बढाएको छ । कोरोना संक्रमण उत्कर्षमा पुगेर कम हुदै जानु वा केही समय नियन्त्रणमा आउने तर पछि विस्तारै संक्रमण बढ्नुलाई नै संक्रमणको दोस्रो लहर भनिन्छ ।

तर यसको वैज्ञानिक व्याख्या भने छैन् । सन् १९१८ मा ‘स्पेनिस फ्लु’ नामक भाईरस पनि दोस्रो लहरमा फैलिएको थियो ।

जसले धेरैको ज्यान लियो । अहिलेको कोरोना महामारीमा पनि अमेरिका, यूरोप र भारतका केही स्थानमा दोस्रो चरणमा देखिसकेको छ । यूरोपमा सुरु भएको दोस्रो चरणको संक्रमण भने स्पेनवाट फैलिएको विभिन्न अध्ययनहरुले देखाएको छ ।

नेपालमा पनि १ महिनादेखि कोरोना संक्रमितको संख्यामा कमी आएको देखिन्छ ।पीसीआर परीक्षण समेत घटेका कारण संक्रमितको संख्यामा कमी देखिएको हो ।

कोरोना संक्रमण देखिएको १० महिना पछि परीक्षण पनि कम र संक्रमितको संख्या कम देखिनुले नेपालमा आगामी दिनमा संक्रमणको जोखिम हट्दै जाने वा संक्रमणको दोस्रो लहर सुरु हुने हो, दुवै सम्भावना उत्तिकै देखिन्छ ।

विज्ञहरुले जनस्वास्थ्यको मापदण्ड प्रयोगमा कमी ,जनजीवन चलायमान हुनु र वेलायतमा नयाँ प्रकारवाट भाइरसको फैलावटले पनि दोस्रो लहरको संक्रमण फैलन सक्ने सम्भावना रहेको बताउंछन् ।

संक्रमण दोस्रो चरणमा सुरु भएका देशहरुमा पहिलोको तुलनामा संक्रमण बढी र व्यापक देखिएको छ ।ती देशहरुमा युवा र दीर्घरोग नभएका व्यक्तिहरु बढी प्रभावित छन् । समय अन्तरालमा भाइरसको जिनमा प्राकृतिक रुपमा नै परिवर्तन भइरहेको हुन्छ ।जिनमा परिवर्तन हुदै गर्दा संक्रमणको दोस्रो लहर शुरु हुने सम्भावना उच्च रहने विज्ञहरु बताउछन् ।

तर सक्रमणको दोस्रो लहर सुरु भयो भने के गर्ने ? कसरी रोक्ने भन्ने कुनैयोजना बनेको छैन् । नेपालमा फैलिरहेको संक्रमणको अबस्था कस्तो छ, संक्रमणको दरमा कसरी कमी आयो भन्ने जस्ता विषयमा अध्ययन नभएको अबस्थामा थप दोस्रो लहरको मार खेप्नु पर्यो भने अबस्था थप जटिल बन्ने देखिन्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here