जाडाेमा न्यानाे बाँड्दै योङ टाइगर

0
331

दमक / दमकमा रहेर सामाजिक काममा सकृय रहेकाे क्लब  योङ टाइगरले इलामको चैनपुरे गाउँपालिकाको शान्तिपुर मा.वि  का बिध्यार्थीहरू लाइ न्यानाे कपडा वितरण गरेकाे छ ।

 क्लबले बिहिबार उस्त स्थानमा पुगी  विपन्न लाप्सा समुहहरुका ४० जना  बिध्यार्थीलाइ न्यानो कपडा वितरण गरेकाे छ ।   दमककाे माैनदिप माेवाइलकाे बिषेश सहयाेगमा ती समाग्री हस्तान्त्ररण गरीएकाे योङ टाइगरका अध्यक्ष राजु अधिकारीले बताए ।

उक्त कार्यक्रममा चैनपुर गाउँपालिका-३ का वडा सदस्य मानन्ध अधिकारी, विद्यालयका प्र.अ प्रेमलाल कार्की,शिक्षक हेमकुमार अधिकारी, क्लब हिमालयन टाइगरका उपाध्यक्ष जे बिमली, दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, योङ टाइगरका उपाध्यक्ष बिपुल गुरागाँइ, सचिव विश्व प्रकाश तिम्सिना,सह-सचिव पूर्णिमा तिम्सिना,कोषाध्यक्ष जोन जङ बुढाथोकी, सदस्यहरू रिदम सापकोटा,कृतिका रिजाल लगायतको उपस्थिति रहेकाे थियो।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here