मंसिर २ गते सार्वजनिक बिदा

0
244

काठमाडौं, कात्तिक २५ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमणले सञ्चार उद्योगमा परेको असर कम गर्न सहुलियतपूर्ण ऋण प्रदानका लागि सरकार तयार रहेको बताउनुभएको छ ।

मिडिया एलाइन्सका प्रतिनिधिसँग मंगलबार भएको छलफलमा उहाँले कोरोना महामारीले सञ्चार क्षेत्रमा पारेको असर कम गर्न सरकार तत्पर रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले सरकार विज्ञापन बोर्ड गठन र ‘क्लिनफिड’को पूर्ण कार्यान्वयन गर्न लागिपरेको भन्दै सञ्चारमाध्यमसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो । छलफलमा एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले सञ्चार उद्योगलाई सेवा उद्योगको मान्यता दिनुपर्ने भन्दै कोरोनाको मारमा परेका सञ्चार उद्यमीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन माग गर्नुभएको थियो ।

एलाइन्सका महसचिव लक्ष्मण हुमागाईंले विज्ञापनरहित नीति कार्यान्वयनमा सरकारले देखाएको प्रतिबद्धताप्रति धन्यवाद दिँदै सञ्चार क्षेत्रका विद्यमान कानुनको पुनरावलोकन आवश्यक रहेको औंल्याउनुभयो । उपाध्यक्ष महेन्द्र शेरचनले सरकारी विज्ञापनको समानुपातिक वितरणमा जोड दिनुभयो भने कोषध्यक्ष उज्वल शर्माले सञ्चारमाध्यमको वर्गीकरणमा जोड दिनुभएको थियो ।

मंसिर २ गते सार्वजनिक बिदा
यसैबीच, मन्त्री श्रेष्ठले नेवार समुदायले मंंसिर १ गते म्हपूजा गरी भोलिपल्ट भाइटीका गर्ने भएकाले २ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here