अमेरिककाे राष्ट्रपतिमा जो बाइडन विजयी

0
396

एजेन्सी, कात्तिक २३ । अमेरिककाे राष्ट्रपतिमा डेमोक्रेट उम्मेदवार जो बाइडन विजयी भएका छन् । यो विजयसँगै उनी अमेरिकाको ४६ औं राष्ट्रपति बनेका छन् ।

निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी भए पनि मत गणनाको पछिल्लो रिपोर्टहरुमा उनी विजयी भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई हराउँदै उनले राष्ट्रपति भवन ह्वाइट हाउसको यात्रा सुनिश्चित गरेका छन् । अघिल्ला निर्वाचनमा रिपब्लिकनले जितेका राज्यमा विजयी ध्वजा फहराउँदै बाइडनले जीत निकाल्नु भएको हो निकालेका हुन्।

फक्स न्यूजका अनुसार बाइडनको पक्षमा २९० इलोक्टोरल मत पुगिसकेको छ । जबकी ट्रम्पका पक्षमा २१४ मत मात्र रहेको छ । बाइडनको जीतको घोषणा भइरहँदा त्यही पराजय ब्यहोर्नुभएका वर्तमान राष्ट्रपति ट्रम्पले भने कानूनी संघर्षमा जाने बताएका छन् ।

अघिल्लो निर्वाचनमा ट्रम्पले जितेकाे एरिजोना, जर्जिया, पेन्सिलभानिया, विस्कन्सिन, मिचिगन जस्ता महत्वपूर्ण राज्यको इलेक्टोरल मत आफ्नो पोल्टामा पार्दै बाइडन राष्ट्रपति कार्यालय ह्वाइट हाउसको यात्रा निश्चित गरेका छन् । अमेरिकी निवौचन प्रणालीअनुसार राष्ट्रपतिमा निर्वाचित हुन ५३८ मध्ये २७० इलेक्टोरल मत आवश्यक पर्दछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here