मिक्लाजुङमा निषेधाज्ञा

0
618

पाँचथर,  । मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

मिक्लाजुङ–४, रबीका छ स्थानीयबासीमा संक्रमण देखिएपछि बुधबार (आज)देखि कात्तिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । गाउँपालिका अध्यक्ष अमरराज माखिमले सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको जानकारी दिनुभयो ।

गाउँपालिकाले औषधि पसल, दूध र दुग्धजन्यबाहेक व्यापार-व्यवसाय बन्द गर्नाका साथै ग्रामीण भेगमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, शववाहन, एम्बुलेन्स र निर्माण सामग्री ढुवानी गर्ने साधनबाहेक सम्पूर्ण सवारीका साधनसमेत उक्त अवधिका लागि बन्द गरिएको गाउँपालिकाद्वारा बुधबार जारी सूचनामा उल्लेख छ । गाउँपालिका स्वास्थ्य एकाइका प्रमुख अग्नि चम्लागाईंकाअनुसार यही कात्तिक ४ गते झापाको दमकबाट रबी आएकी एक महिलामा गरिएको परीक्षणमा कोभिड–१९ संक्रमण देखिएको थियो ।

आज संक्रमित महिलाको सम्पर्कमा रहेका उनका एक छोरा तथा उनी बस्दै आएको घरका तीन महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो । छ संक्रमितमध्ये एकलाई ज्वरोसहित कोरोनाभाइरस संक्रमणका लक्षण देखिएको चम्लागाईंले जानकारी दिनुभयो ।

उनीहरुमध्ये दुईजनालाई प्राथमिक स्वास्थ्य केन्द्र रबीको कोभिड–१९ अस्थायी अस्पतालमा राखिएको छ भने चारजना ‘होम आइसोलेसन’मा छन् । पाँचथरमा पहिलोपटक समुदायमा कोभिड–१९ संक्रमण देखिएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here