उत्सव भट्टराईकाे नेतृत्वमा ‘दमक रेष्ट्रो एण्ड बार एशोसिएशन’ गठन

0
495

झापा, ३० असाेज । रेष्टुरेण्ट, बार, क्याफे, पार्टी प्यालेस लगायत व्यवसायीहरूकाे साँझा संस्थाकाे रूपमा “ दमक रेष्ट्रो एण्ड बार एशोसिएशन ” नामक संस्था गठन गरेका छन् । रेष्ट्रो एण्ड बार एशोसिएशनका समितिले बिहिबार पत्रकार भेटघाट कार्यक्रमकाे आयाेजना गरि साे कुराकाे जानकारी गराएकाे हाे ।

 नव गठित समितिकाे अध्यक्षमा कक्टेल रेष्टुरेण्ट एण्ड बारका उत्सव भट्टराई,  उपाध्यक्षमा हाडरक रेष्टुरेण्ट एण्ड बारका तेज बहादुर राई, काेराेनेशन पार्टी प्यालेसका डेन्जाेङ शेर्पा, दाेर्जे सुकुटि कर्नरका दुर्गा तामाङ्ग, सचिवमा स्याडाेज रेष्टुरेण्ट एण्ड बारका विश्वराज लावती, सह सचिवमा  हाेटल स्याडाेमका सुनिल राई , काेषाध्यक्षमा ह्याङ अाउट डि क्याफेका स्वीकार श्रेष्ठ, सहकाेषाध्यक्षमा कागबेनी थकाली किचनका  नारायण श्रेष्ठ र सदस्यहरूमा  डिटाउन लाउनन्स एण्ड बिस्ट्राे बारका स्टलीन श्रेष्ठ, छिटाे रेष्टुरेण्ट एण्ड बारका रबि श्रेष्ठ, जितेज लाउन्ज एण्ड बारका बिबेक कार्की, बज्र नेवारी खाजा घरकी सृस्टी शाक्य बस्नेत, खुकुरी रेष्टुरेण्टकी साबित्रा गुरूङ्ग (सबु),सराेज हाेटलका सराेज शिवाकाेटी, टि टाइम रेष्टुरेण्टका अमाेल महर्जन र जेदाब्रुका देबेन्द्र चेम्जाेङ्ग रहेका छन् ।

झापा जिल्ला भित्र रहेका रेष्टुरेण्ट, बार, क्याफे, पार्टी प्यालेस व्यवसायकाे विकास र विस्तार गर्ने उदेश्यका साथ संस्था गठन गरिएकाे जनाएकाे छ । तत्कालका लागि दमक क्षेत्रका व्यवसायीहरू समेटिएकाे भए पनि झापाका सबै क्षेत्रका व्यवसायीहरू समेट्ने गरि समन्वय भइरहेकाे संस्थाका अध्यक्ष उत्सव भट्टराईले बताए ।

वर्तमान अवस्थामा धेरै युवाहरू स्वदेशमा नै फर्केर आफुले विदेशमा जानेकाे सिपलाई व्यवसायीक बनाउन लागि परिरहेकाे छ । जसमा रेष्टुरेण्ट, बार, क्याफे क्षेत्रमा धेरै युवाहरूले लगानि गरिरहेकाे र त्यसलाई व्यवसायीक हितका लागि आपसी समन्वय र सहकार्यका लागि संस्थाकाे महत्वपूर्ण भुमिका रहने संस्थाका सहसचिव सुनिल राईले बताए ।

विभिन्न संस्थाहरूमा बढ्दाे राजनीतिकरणले गर्दा व्यवसायीहरू मारमा पर्दै आएकाेले यस संस्थालाई पूर्ण रूपमा व्यवसायीहरू हक हितका लागि संगठित संस्थाकाे रूपमा एशाेसिएशन गठन भएकाे जनाइएकाे छ ।

एशाेसिएशन द्वारा जारी विज्ञप्ती

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here