जन्मदिनको अवसरमा बालबालिकालाई खाद्यान्न तथा स्टेसनरी सामान बितरण-प्रदेश आवाज

0
410

दमक / जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यको आत्म साथ गर्दै दमक झापाका  बिपुल गुरागाईले आफ्नो जन्मदिनको अवसरमा  अनाथ  बाल बृद्वा अाश्रममा खाद्यान्न र स्टेसनरीको सामान बितरण गरेका छन ।

ब्यवसाय सगै बिभिन्न संघ सस्थामा अावद्व रहेका गुरागाईले  आफ्नो २८ औं जन्मदिनको अवसरमा बाल अाश्रममा गएर खाद्यान्न र स्टेसनरीका सामाग्री बितरण गरेका हुन ।

पहिलाे पाइला दमक शाखाकाे सदस्य तथा याेङ टाइगरका उपाध्यक्ष समेत रहेका गुरागाईकाे   जन्मदिनको अवसरमा  दुवै सस्थाकाे अायाेजनामा अाश्रममा खाद्यान्न बितरण कार्यक्रम सम्पन्न भएकाे छ  ।

साे अवसरमा उपस्थित दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, योङटाइगर दमकका अध्यक्ष राजु अधिकारी, पहिलो पाइला दमक शाखाका अध्यक्ष दिपक खड्का, आश्रमका सदस्य हरि प्रसाद अर्याल योङ टाइगरका सचीव विश्वप्रकाश तिम्सिना लगायत अन्य उपस्थित सबैले बिपुललाइ  जन्मदिनको शुभकामना दिएका थिए ।

सामाजिक कार्य गर्दा आफुलाई खुशि लाग्ने बताउदै गुरागाईले घरमै सीमित रहेर मनाउनु भन्दा फरक तरीकाले अरुलाइ सहयोग गरेर जन्मदिन मनाउदा निकै खुशि लागेको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here