कोरोनाले भयावह रुपल लिने संकेत एकैदिन थपिए हालसम्मकै उच्च ३४३९ जना संक्रमित, संक्रमितको संख्या ९४ हजार नाघ्यो

0
250

काठमाडौं, असोज २२ /  बुधवार मात्र एकै दिन  ३४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

बुधबार एकैदिन ३४३९ जनामा कोरोना संक्रमण भएको छ । एकैदिन संक्रमित हुनेको संख्या हालसम्मकै उच्च हो । योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ९४ हजार २५३ पुगेको छ ।

बुधबार ११२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म निकाे भएर घर फर्कनेकाे  संख्या ६८ हजार ६६८ पुगेको छ ।  बुधवार  १४ हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हाल संक्रिय संक्रमितको संख्या २५००७ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८४ जना संक्रमित भएका छन् । काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना संक्रमित थपिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here