दमकको न्यू जागृति सहकारीले सदस्यहरुलाई प्रतिवेदन उपलब्ध गराउदै

0
514

दमक / दमक ६ स्थित न्यू जागृति बचत तथा ऋण सहकारी संस्थाले आसन्न ८ औं बार्षिक साधारण सभाको प्रतिवेदन संस्थाका सदस्यहरुलाई कार्यालयबाटै वितरण गर्दैछ ।

संस्थाका अध्यक्ष बिमल खतिवडाले कोरोना संक्रमणका कारण आलोपालो गरेर भौतिक दुरी कायम राख्दै फरक फरक एरियाका सदस्यहरुलाई फरक फरक दिनमा उपस्थित भएर प्रतिवेदन बुझन र राय सुझाव राख्न समय दिइएको जानकारी दिए । असोज २३,२४ र २५ गते सम्म संस्थाको कार्यालयमा संस्थाका सदस्यहरुलाई प्रतिवेदन उपलब्ध गराइने उनले बताए । त्यस्तै असेज २६ र २७ गते सुझाव पेश गर्ने मिति तय गरेको उनले बताए ।

खतिवडाले सहकारी विभाग र स्थानीय सरकारको समेत निर्देशन पालना गर्दै यस बर्ष आफना सदस्यहरुलाई प्रतिवेदन उपलब्ध गराउने र प्रतिवेदनमाथि आवश्यक सुझावहरु संकलन गरिने बताए । संस्थाले गत आर्थिक बर्ष २०७६/०७७ मा ११ करोडको हाराहारीमा कारोबार गरेको जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here