युवाहरुको ढुकढुकी बन्दै देवेन्द्र दाहाल

0
1261

झापा / २०१५ साल भदौ १६ गते ताप्लेजुङ्ग अमरबहादुर र मन्धरादेवी दाहालका सन्तानको रुपमा जन्मिएका देवेन्द्र दाहाल पूर्वी नेपालको राजनीतिक क्षेत्रमा स्थापित नाम हो । केहि समय अघि सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित भएका उनले यो जिम्मेवारी सम्म आईपुग्नु अघि पार्टीका बिभिन्न तहका जिम्मेवारी पूरा गरेका छन् ।

तत्कालिन मालेको पार्टी सदस्यका रुपमा २०४१ सालमा पार्टी सदस्यता लिए पनि उनले त्यस अघि देखिनै पार्टी जीवन शुरु गरेका थिए । २०३६ को बिद्यार्थी आन्दोनबाट राजनितिमा प्रवेश गरेका उनले तत्कालिन नेकपा एमालेको लामो समय सम्म जिल्ला नेतृत्वको कार्यभार सम्हाले भने हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय सदस्य तथा झापा जिल्ला सहईन्चार्जको जिम्मेवारी पनि सम्हालि रहेका छन् ।

२०३८ साल देखि पार्टी जिम्मेवारी सम्हाल्न थालेका उनी ०४५ जेष्ठमा तात्कालिन नेकपा(माले)को (भुमिगतकालमै) झापा जिल्ला कमिटीमा सामेल भएका थिए । यस्तै ०४५ देखि २०५१ सम्म नेकपा एमाले झापा जिल्ला कमिटीको सचिवालय सदस्यको जिम्मेवारीमा बसेर कार्य सम्पादन गरे भने २०५१ देखि २०५३ जेष्ठ २२ गते सम्म नेकपाएमाले जिल्ला कमिटी उपसचिवको कार्यभार पनि सम्हाले । २०५३ जेष्ठ २३ गते देखि २०६६ भाद्र २७ गते सम्म नेकपा एमाले झापा जिल्ला कमिटीको सचिवका रुपमा चौथो झापा जिल्ला अधिवेशन देखि सातौं जिल्लाअधिवेशन सम्मलगातार ४ कार्यकाल सम्हालेका उनी कुशल संगठकको रुपमा पार्टी पङ्तीमा स्थापित छन् ।

उनि राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट खुल्लातर्फ बाट बिजयी बनेर हाल राष्ट्रियसभाकाे सदस्य रहेका छन् । हाल नेकपा भित्र मन्त्रिमन्डल हेरफेरकाे कुरा चलिरहदा कार्यकर्ता तह बाटनै दाहालकाे नाम अगाडी अाउन थालेकाे छ ।

राष्ट्रिय  युवा संघ नेपालका झापा जिल्ला संयाेजक शम्भु भण्डारीले यस्तै अासय सहित दाहालसंगकाे फाेटाे सामाजिक संजालमा हालेका छन् र  उनले लेखेका छन्   ” देबेन्द्र दहाल एक इमान्दार नीति बिचार सिद्दान्त को पक्का युवा नेता हुनुहुन्छ। जनता का प्यारा जनता कै घर दैलो मै रमाउदै १५ बर्ष झापा पार्टी को बागडोर समाल्नु भयो अधिकाम्स समय जनता बिचमा बिताउन रुचाउने र सदैब बिकास मा अभियान चलाइ राख्ने स्पस्ट नेता हुनुहुन्छ। एक निस्टावान ब्यक्ती लाई कुनै पद आउनु नआउनु खासै अर्थ राख्दैन तर त्यस्तै निस्टा र अनुसासित तथा योजना का अभियान्ता ले पक्कै राज्यका महत्वपुर्ण जिम्मेवारी मा रहन जरुरी छ। म सिङ्गो युवा क्षेत्रबाट क. देबेन्द्र दाहाल जस्ता योग्य नेता आगामी मन्त्री परिसद मा बिकासे मन्त्रालय को जिम्मेवारी को माग गर्दछौ। साच्चै हामी ले समृद्दी को सपना साकार बनाउन अब युवा र भिजन भएका नेता हरु सरकारमा रहन जरुरी छ। वहाँ हामी सबैको एक बिस्वास को धरोहर समेत हुनुहुन्छ। धन्यवाद ।।”

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here