प्रमुख जिल्ला अधिकारी तिमिल्सिनालाई दमक उद्योग बाणिज्य संघको स्वागत

0
277

दमक असोज ७ / झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले क्षणिक नाफाको लोभमा सिमित ब्यापारीले कालोबजारी गर्ने र मुल्यबृद्धि गर्ने गर्दा सम्पुर्ण व्यवसाय क्षेत्र बदनाम हुने अवस्था आउने भन्दै त्यस तर्पm सचेत बन्न दमकका उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

उद्योग बाणिज्य संघ दमकले आज आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले कोरोना संक्रमणका कारण आएको बिषम परिस्थितीमा सबै क्षेत्र मिलेर सहकार्य गरे मात्रै संकट समाधा नर्ग सकिने भएकोले सबैले एकताबद्ध भयी नागरिकलाई सेवा प्रवाह गर्नु पर्ने बताए ।

जिल्लाको सदरमुकाम भद्रपुरमा रहे पनि नागरिकलाई सेवा प्रवाह गर्ने कुरामा टाढा हुन नदिने भन्दै उनले हप्तामा एक दिन दमकमै आएर सेवा दिने कार्यलाई निरन्तरता दिएर हरेक बुधबार यहिँ आएर नागरिकलाई सेवा प्रदान गरिरहेको बताए । भौगोलिक रुपमा टाढा र नजिकले नागरिकलाई राज्यले दिने सेवामा फरक नपार्ने भन्दै उहाँले सबै जिल्लाबासीलाई समान किसिमले राज्यका सेवा प्रवाह गर्ने बताए ।

भर्खरै झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर आएका भएका तिमिल्सिनालाई उद्योग बाणिज्य संघ दमकले औपचारीक कार्यक्रमका विच आज स्वागत गरेको हो । बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बाणिज्य संघ पुर्व अध्यक्ष प्रकाश प्रसाईं, बाणिज्य संघका सल्लाहकार ईन्द्रकुमार श्रेष्ठ, किवानिज क्लब दमक अध्यक्ष रवी केसी, रोटरी क्लब दमक अध्यक्ष सान्ता नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा झापा जिल्लाका प्रहरी उपरीक्षक  कृष्ण प्रसाद कोइराला, ससस्त्र प्रहरी बल पाथिभरा शिक्षालयका प्रहरी उपरीक्षक द्रोण बिस्ट, प्रहरी नायव उपरीक्षक जिवन भट्टराई, इलाका प्रहरी दमकका प्रहरी नायव उपरीक्षक विजय राज पण्डित, बस्तुगत संघ, तथा विभिन्न संघ संस्था का प्रतिनिधि लगायत को उपस्थिति रहेको बाणिज्य संघ दमकका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here