भाेकालाई भोजन अभियानमा पन्तको सहयाेग

0
459

दमक / झापाको दमकका सडक पेटीमा अलपत्र अवस्थामा रहेका असहायहरुलाई खाना खुवाउन पुन शुरु भएको छ ।

भोकालाई भोजन अभियान असहाय मानव सेवा समाज दमकले यस अघि कोरोना संक्रमणका कारण लगाइएको लकडाउनका कारण अलपत्र परेकाहरुलाई लक्षित गरेर थालेको भोकालाई भोजन अभियान पछिल्ला दिनहरुमा स्थागित थियो ।

सुरूमा आफ्नै सदस्यबाट केही रकम उठाएर सुरू गरीएकाे याे अभियान हाल  बिभिन्न दाताहरूकै भरमा संचालनहुदै आएकाे छ । आफ्नै ठाउमा यस्ताे अभियान भएकाे थाहा पाए पछि अभियानको प्रशंसा गर्दै हाल अमेरिकाको क्यालिफोर्नियामा रहेका दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम दमककमा सामाजिक व्यक्तित्व सुदिप पन्तले सो अभियानमा नगद एक लाख रुपैयाँ सहयोग समेत प्रदान गरेका  छन् ।

उनले सहयाेग गरेपछि अाफ्नाे फेसबुकमा लेखेका छन्  “हामीले यहाँबाट रकम पठाउनु ठुलो कुरा होइन त्यहा बसेका ब्यक्तिहरुले फुर्सदिलो समय निकालेर समान किनेर पकाएर बितरण गर्नुचाही ठुलो मानबिय कार्य हो ।”उनले यस्ताे महान कार्यमा सबै मिलेर सहयाेग गर्न समेत अनुराेध गरेका छन् ।

तर अहिले पनि सडकमा असहायहरु भोकभोकै भौतारिएर बसेको भेटिएका कारण पुन यो अभियान सूचारु गर्नु परेको सो समाजले जनाएको छ । समाजकी उपाध्यक्ष सजु बुढाथोकीले मानवीय सेवाको भावना राखेर यो अभियानलाई पुनः निरन्तरता दिइएको बताइन् । शुक्रबारदेखि शुरु भएको सो अभियानको दोश्रो चरण अन्तर्गत  भोकभोकै भौतारिएर बसेका असहायहरु लाइ बसेकै ठाउँमा लगेर  भोजन गराएका छन ।

सो संस्थाका पदाधिकारी एवम सदस्यहरु स्वयंसेवकका रुपमा आफैं प्रत्यक्ष संलग्न भएर असहाय मानिसहरुलाई भोजन गराउने गर्छन । उपाध्यक्ष बुढाथोकीले जानकारी दिइन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here