झापामा अर्को सुचना नभएसम्म शैक्षिक संस्था नखोल्न जिल्ला प्रशासनको निर्देशन

0
1109

झापा, असोज २ / जिल्ला प्रशासन कार्यालय झापाले अर्को सुचना नभएसम्म शैक्षिक संस्था लगायतका सेवा सञ्चालन नगर्न सुचना जारी गरेको छ ।

गृह मन्त्रालयको निर्देशन र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) झापाको निर्णय वमोजिम शैक्षिक संस्था लगायत केही सेवाहरु अर्को सुचना नभएसम्मका लागि सञ्चालन नगर्न सुचना जारी गरिएको गरीएकाे छ ।

सुचनामा उल्लेख भए अनुसार शैक्षिक संस्था अन्तर्गत बिद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र तोकिएको छ । त्यस्तै शैक्षिक र अन्य परीक्षा समेत सञ्चालन नगर्न भनिएको छ ।

त्यस्तै सबै प्रकारका सभा गोष्ठि, तालिम, सेमिनार, प्रदर्शन भेला तथा सम्मेलनमा रोक लगाइएको छ ।

सिनेमा हल, सैलुन, पार्लर, स्पाः, स्विमिङ पुल, जिमखाना, समुहमा खेलिने खेलकुद तथा प्रस्तुती, प्रशिक्षण समेत नगर्न सुचना गरिएको छ ।

सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, चिडिया खाना र संग्राहलय समेत अर्को सुचनाबाट तोकिएको मितिदेखि मात्र सञ्चालन गर्न भनिएको छ ।

झापाका केही स्थानीय तहका विद्यालयहरुले प्रत्यक्ष पठन–पाठन गराउने गरीको सार्वजनिक सुचना समेत प्रकाशित गरि रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here