दमकका १ सय १३ जनाले जिते कोरोना

0
253

दमक/ झापाको दमक ५ मा आज एकैदिन समुदायका एक पुरुष ५ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुबेर भट्टराईका अनुसार बिहिवार दमकमा थपिएका सबै वडा नं ५ का हुन् । दमक नगरमा अहिले सम्म ११३ जनाले कोरोना जितेर घर फर्किएका छन । भने ३० जना उपचारका क्रममा छन । दमकमा अधिकांश कोरोना पोजिटिभ देखिएकाहरुको उपचार होम आइसोलेसनमै भइरहेको बताइएको छ ।

नगरपालिकाका कर्मचारीमा पनि संक्रमण , लेखा शाखा बन्द

यसैबीच दमक नगरपालिकाका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको लेखा शाखा बन्द गरिएको छ । सो शाखामा कार्यरत सबै कर्मचारीहरु आइसोलेसनमा छन । गत भाद्र २६ गते नमुनाको परिक्षण गर्दा ति कर्मचारीमा कोरोना देखिएको हो ।

कर्मचारी तथा अन्य व्यक्तिको कन्ट्याक ट्रेसिङ्ग गरी नमुना लिने र लेखा शाखा तथा कन्ट्याक ट्रेसिङ्गमा परेका कर्मचारिहरुलाई आइसोलेसनमा राख्ने निर्णय भएको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here