एकका लागि एक अभियानकाे पिसिआर ल्याव कनकाईमा, आज उद्घाटन हुने

0
207

झापा /  जनस्तरमा गठित एकका लागि एक अभियानले खरिद गरी सरकारलाई हस्तान्तरण गरेको कनकाईको पीसीआर ल्याव बुधवार उद्घाटन हुने भएको छ ।

एकका लागि एक अभियानले जनाए अनुसार अाज दिउँसो १ बजे कनकाई कोटीहोमस्थित समर्पण भवनमा ल्यावको उद्घाटन प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले गर्नेछन् ।

प्रयोगशालामा चार पाँच सय नमुना परीक्षण भइसकेको र त्यसले अपेक्षित नतिजा दिएपछि मात्र उद्घाटनको तयारी गरिएको एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।

ल्याब जनस्तरबाट खरिद गरिए पनि सञ्चालनको जिम्मा मेची प्रादेशिक अस्पतालले पाएको छ । कनकाईमा राखिने ल्यावलाई अनुमति दिने कि नदिने भनी लामो समयसम्म विवाद चलेको थियो ।

अन्नतः सरकारले चलाउने गरी कनकाईमै ल्याव राख्ने सहमति भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here