सिन्काले लेख्दै पढेका मन्त्री घिमिरे होम आईसोलेसनबाटै कार्यक्रममा सहभागी

0
462

दमक / साेमबार नगर बाल सञ्जाल दमक बाल दिवसकाे अवसरमा अनलाईन जुम एपबाट एक कार्यक्रकमकाे आयोजना गर्याे  ” बालानुभव वार्तालाप ”  शिर्षकमा गरीएकाे  कार्यक्रममा सहभागि विशिष्ठ एवं ख्याति प्राप्त अधिकांश अघिल्लाे पुस्ताका अतिथि हरूले पठ्नाका लागि गरेकाे सघर्ष सुनाएका थिए ।

प्रदेश नं. १ सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा भएको भएकाे थियाे ।  मन्त्री होम आईसोलेसनबाटै कार्यक्रममा जोडिएका थिए । मन्त्री घिमिरेले कोरोनाका सन्दर्भमा आफ्नो अनुभव सहित सबैलाई सचेत रहन जानकारी गराउँदै, आफ्नो बालयकालका बारेमा बताएका थिए । मन्त्री घिमिरेले आफ्नो जन्म खोटाङ जिल्लाको होचुर भन्ने ठाउँमा भएको साथै पढ्न जाँदा काठको पाटि बोकेर उकालो चढि विद्यालय जाने गरेको र माटोको डल्ला फुटाएर सिन्काले लेख्दै पढेको आफ्नो बालयकाल सम्झना सुनाएका थिए । त्याे अवस्थामा र हालकाे अवस्थमा हेर्दा शिक्षा सगै प्रबिधिमा देशले निकै फड्काे मारेकाे अनुभव गरेकाे बताए ।

अतिथि वक्ताका रुपमा उपस्थित वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले आफु बालयकालदेखी नै हास्ने र हसाँउने काम नै गरिरहेको बताए भयो साथै उनले कक्षा १० सम्म पढ्दा ११ वटा स्कुलमा पढेको आफ्नो रोचक कुरापनि सुनाए गजुरेलले आफुलाई आमाले पैसा नदिदाँ ५ दिनसम्म घर नआएको र घर आएपछि २ माना चामल बेचेको र पाएको पैसा साटी आफुले चारआना राखेर मैले पैसा माग्दा यहिबाट दिनु भनी आमालाई दिएको कथा पनि सुनाए ।

राजा राजेन्द्र र सुरक्षा पन्तले बाल्यकाल एकदम रोचक र सम्झनलायक हुन्छ भन्ने कुरामा जोड दिए साथै राजा राजेन्द्रले आफु सानामा अरुसँग कुरा गर्न नसक्ने साथै स्कुल जाँदा बाटोमा फलेको बोडि, सिबि भेटे सक्दिने गर्थिम भनेर सुनाए । सुरक्षा पन्तले बाल्यकालमा आफुलाई धेरै कुराहरु जान्न सोध्न मन लाग्ने खालको थिए भन्नुभयो साथै सानोमा हजुरआमासँग बसेर हुर्केको बताउँदै हजुरआमासँग आफु धेरै निकट रहेको बताईन् ।

दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलिले आफ्नो बालयकालका बारेमा सुनाउँदा आफ्ना बासँग यो छाता कहाँ फल्छ भन्ने किसिमको प्रश्न गर्दा मधेसमा ठूलाठूला रुखमा खुर्सानी जसरी फल्छ भनेर उत्तर पाएको र आफुले पत्याएको प्रसंग सुनाएका थिए । साथै नगर प्रमुख ओलिले बालबालिकालाई सकारात्मक काममा सक्रियताका लागि प्रेरित पनि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै दमक नरपालिकाकी उपप्रमुख गिता अधिकारीले आफुले पढ्न गरेको संघर्षका बारेमा बताउँदै सबै बालबालिकालाई जस्तो सुकै अवस्थामा पनि बालबालिकाले पढ्नुपर्छ भन्ने कुरामा जोड दिइन् ।

नगर बाल सञ्जाल दमककको आयोजनामा अनलाईन जुम एपबाट गरीएको बालानुभव वार्तालाप र्कायक्रममा बालअधिकार तथा बालमैत्री स्थानीय शासनका लागि सरोकारवाला सबै क्षेत्रका प्रतिनिहरुको सहभागीतामा बालमैत्री नगरको लक्ष्य र पूर्वाधार साथै आगामी कार्यका बारेमा छलफल गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here