दमकका ९८ सहित विश्वका २ करोड ५ लाख ८० हजार बढीले जिते कोरोना

0
272

काठमाडौं- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितमध्ये २ करोड ५ लाख ९० हजार ९४९ जनाले कोरोनालाई जितेका छन् ।

विश्वमा संक्रमितको संखया २ करोड ८६ लाख ५६ हजार ७७८ पुगेको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ९ लाख १९ हजार ७०६ पुगेको छ ।

अहिले ७१ लाख ५५ हजार ८५८  जनाको विभिन्न अस्पताल तथा आइसोलेनमा उपचार भइरहेको छ । उपचाररतमध्ये ६० हजार ८९५ जनाको अवस्था गम्भीर छ ।

२४ घण्टाको तथ्यांक हेर्दा विश्वभर ३ लाख ४ हजार १०३ संक्रमित थपिएका छन् भने संक्रमित ५ हजार ६८३ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा १ लाख ९७ हजार ४२१ जनाले ज्यान गुमाएका छन् । संक्रमित ६६ लाख ३६ हजार २४७ मध्ये ३९ लाख १७ हजार ९६२ जना निको भएका छन् ।

२५ लाख २० हजार ८६४ मा सक्रिय संक्रमण देखिएको छ । उनीहरुमध्ये १४ हजार ३४७ जनाको अवस्था गम्भीर छ ।

दोस्रो धेरै संक्रमित मुलुक भारत बनेको छ । भारतमा ४६ लाख ५७ हजार ३७९ जनामा संक्रमण फैलिएको छ । ७७ हजार ५०६ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा हाल सम्म  ५१ हजार ९१९ मा संक्रमण देखिएको छ । उनिहरू मध्ये ३६ हजार ६७२ जना निकाे भएर घर फर्कि सकेका छन् भने ३ सय २२ जनाले ज्यान गुमाएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here