दमककाे हिमालय माबिका शिक्षकको करेन्ट लागेर मृत्यु

0
1793

दमक,भदौं २६/ करेन्ट लागेर झापामा आज एक शिक्षकको ज्यान गएको छ । दमकको हिमालय माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्युु भएको हो ।

शिवसताक्षी ८ डुडामारी घर भएका महेन्द्रराज शेर्माको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्युु इलाका प्रहरी कार्यलय दमकले जनाएको छ । करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागी दमक ल्याउँदै गर्दा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यलय दमकका प्रमुख बिजयराज पण्डितले बताए ।

उनी झण्डै ४ बर्षदेखि हिमालय माध्यमिक विद्यालयमा कार्यरत रहेका थिए । विद्यालयका प्रधानाध्यापक ओमप्रसाद अचार्यका अनुसार उनि प्राथमिक तहमा कार्यरत शिक्षक हुन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here