दमक जेसीज सप्ताह २०२० सुरू, यस्ता छन् कार्यक्रमहरू

0
496

दमक / दमक जेसीजले प्रत्येक बर्ष आफ्नो महत्वपूर्ण कार्यक्रमको रुपमा मनाउदै आएको जेसीज सप्ताह यस बर्ष पनि बिभिन्न कार्यक्रम गर्दै मनाउने भएको छ ।

जेसिजले  अाफ्नाे स्थापना दिवसकाे अवसर पारेर दमक जेसीजका पुर्व अध्यक्ष पदम काेइरालाकाे प्रमुअ अातिथ्यतामा एक कार्यक्रम गरी जेसीज सप्ताहको उद्घाटन गर्नुका साथै स्थापना दिवस मनाइएकाे छ ।

 नवराज उप्रेतीको मुल संयोजकत्वमा जेसीज सप्ताहका लागि समिति समेत बनाईएको दमक जेसीजले जनाएको छ ।  भदाै २२ देखि २४ सम्म  सम्म सञ्चालन हुने जेसिज सप्ताहमा बिभिन्न सामाजिक कामहरु गरिने बताईएको छ । २२ गते सप्ताह कार्यक्रमकाे उद्घाटन  तथा  स्थापना दिवस साथै दिउसाे  अभिमुखि कार्यक्रम तथा सम्मान, २३ गते  काेभिड १९ सम्बन्धि अर्नरकृया र अपरान्ह दमक नगरपालिकालाइ भिटिएम किट बितरण,  २४ गते स्वस्थ्य सामाग्री बितरण र साेही दिन बेलुका प्रमाण पत्र बितरण तथा जेसिज सप्ताहकाे समापन  कार्यक्रम  रहेकाे  दमक जेसीजका महासचिब  सन्जिव बरालले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here