सात अन्तर्राष्ट्रिय उडान : ६०१ यात्रु फर्किए

0
252
Leaving on a jet plane: silohuette of passenger jet airplane flying high up in the sky, going forward through a cloudscape illuminated by warm sunset light, leaving vapor trails behind. View from below, copy space on lower side of image.

काठमाडौँ, २०  भदौ /  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी  शुक्रवार सात अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ६०१ यात्रु नेपाल आएका छन् ।

हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४५ यात्रु काठमाडौँ ल्याएको छ । यस्तै कोरियन एयरले सिओलबाट १९८ यात्रु ल्याएको छ । नेपालबाट फर्किदा चार यात्रु लगेको छ । फलाई दुबईले दुबईबाट १५२ यात्रु काठमाडौ ल्याएको छ । आज नेपाल एयरलाइन्सले हङकङबाट चार हजार ८८७ किलो कार्गो नेपाल ल्याएको छ । कतार एयरवेजले १० हजार १३५ किलो कार्गो र दुई शव नेपाल ल्याएको छ । शनिबार विभिन्न एयरलाइन्सका सात अन्तर्राष्ट्रिय उडान हुनेछन् ।

आन्तरिकतर्फ आज सात उडान भएका छन् । कैलाश हेलीले बुटवल र मुस्ताङ आर्मीको हेलीले बागलुङ, सीता एयरको सिमिकोट, बुद्ध एयरको लोकल र मनाङ एयरको हेलीले खोटाङ र लुक्ला उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here