क्यान्सर पिडित बालकलाइ सहयोग

0
509

दमक, भदाै १८ / झापा दमक ३ निबासी ५ बर्ष क्यान्सर पीडित बालकलाइ पहिलो पाइला दमक शाखा र अनुपम म्युजिक प्रा लिले संयुक्त रूपमा सहयोग रकम हस्तान्तरण गरेका छन् ।

दमक ३ निबासी ५ बर्ष बालक बबिस अधिकारी  बिगत केही महिना देखि ब्लड क्यान्सर बाट पिडित बनेका बबिसकाे हाल भरतपुर क्यानसर अस्पतालमा उपचार भइ रहेकाे छ ।  बबिसका बुवा बैदेशिक राेजगारमा रहेका छन् छाेराकाे पनि काेराेना भाइरसकाे कारण उता राम्राे काम हुन सकेकाे छैन, यता नाति लाइ यस्ताे राेग लाग्याे हजुरबुबाका कृष्ण अधिकारी दुखेशाे गर्दै भने ।  उनले भने  डाक्टरले निकाे हुन्छ भनेकाे छ, तर भनेकाे जति रकम जुटाउन सकिएकाे छैन ।

अधिकारीको पारिबारिक आर्थिक अवस्था कमजोर रहेको थाहा पाएर नगद रु ३५ हजार पाच सय पहिलो पाइला दमक शाखाका अध्यक्ष दिपक खडकाले पहिलाे पाइला दमक शाखाका सल्लाकार तथा दमक उधाेग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काकाे उपस्थितीमा  बिरामिको हजुरबुबा कृष्ण अधिकारीलाइ उक्त रकम हस्तान्तरण गरेका छन् ।

उक्त सहयाेग हस्तान्तरण कार्यक्रममा पहिलो पाइला दमक शाखाका सदस्य, स्थानिय लगायतको उपस्तिथि रहेको थियाे ।  बिरामी काे उपचारकाे लागि अघि पनि दमकमा सामाजिकम काममा सकृय रहेकाे  लायन्स क्लब इस्टर्न लायनले पनि सहयाेग गरेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here