कोरोना संक्रमणका कारण धरानमा ४५ मिनेटको फरकमा आमाछोराको मृत्यु

0
283

धरान, १४ भदाै /  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज कोरोना संक्रमणका कारण ४५ मिनेटको फरकमा आमाछोराको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्यु हुनेहरू धरान–१७ की ७४ वर्षीया महिला र उनका ६० वर्षीय सौतेनी छोरा रहेका छन् । छोराको आज बिहान ७ बजेर ४५ मिनेटमा र आमाको ८ः३० बजे मृत्यु भएको हो । उनीहरूलाई हिजो बेलुकी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

चिकित्सकका अनुसार महिलालाई मधुमेह र उच्च रक्तचाप तथा छोरालाई मधुमेह र कलेजोमा समस्या थियो । दुवैलाई १० दिनदेखि खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनीहरूको मृत्युपछि पीसीआर रिपोर्ट आउँदा दुवैमा कोरोना पोजिटिभ देखिएको हो । अस्पताल ल्याइपुर्याउँदा नै दुवैको अवस्था गम्भीर रहेको प्रवक्ता सापकोटाले बताउए ।

प्रतिष्ठानमा हालसम्म उपचारका क्रममा १७ जना संक्रमितको मृत्यु भइसकेको छ जसमध्ये ५ जना धरानका रहेका छन् । धरान–१७ रेल्वेचोक बस्ने एकै घरका दुई जनाको मृत्यु भएपछि वडामा थप सतर्कता अपनाइएको वडाध्यक्ष मनोज भट्टराईले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here