दमकमा थप १५ जनामा कोरोना संक्रमण

0
2011

दमक, १० भदौ / दमकमा आज १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

यस अघि संक्रमण देखिएको लघु वित्तका कर्मचारी, नेपाल टेलीकमका कर्मचारी र अ‍ैषधि व्यवासीको सम्पर्कमा आएका हरुको कन्ट्रयाक ट्रेसिङ गरी २ सय ९ जनाको स्वाब संकलन गरिएको थियो । उनिहरु मध्ये आज १४ जनाको र एक जना होम क्वारेन्टाईनमा सबेका व्यक्तिको रिपोर्ट पोजेटिभ आएको नगरपालीकाको श्वास्थ्य शाखाले जनाएको छ ।

आज संक्रमण देखिएकामा २२ देखी ७२ बर्ष सम्मका ६ जना महिला र ९ जना पुरुषहरु रहेका छन् । 
आज संक्रमण देखिएकामा दमक वडा नम्बर १ का १ जना, वडा नम्बर ४ का होम क्वारेन्टाईनमा बसेका १ जना र कन्ट्याक ट्रेसिङका १ जना, वडा नम्बर ५ का १ जना, वडा नम्बर ६ का ५ जना, वडा नम्बर ९ का ६ जना रहेका छन् ।

उनिहरु कसैमा पनि लक्षण भने नदेखिएको जनाईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here