थप ८५५ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ३३ हजार ५३३ पुग्याे

0
223

काठमाडौँ, ९ भदौ /  पछिल्लो २४ घण्टामा मुलुकभर थप ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३३ हजार ५३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ११ हजार ३२७ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । यसैगरी आज ३१३ जना कोरोना सङ्क्रमण निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या जम्मा १९ हजार ११९ पुगेको उनले बताए ।

मुलुकभर हाल १४ हजार २५० जना आइसोलेशनमा रहेका र त्यसमध्ये होम आइसोलेशनमा पाँच हजार ६६९ एवम् संस्थागत आइसोलेसनमा आठ हजार ५८१ जना रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै मुलुकभरका क्यारेन्टिनहरुमा हाल १० हजार ४५३ जना रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here