दमकका २०९ मध्ये १८१ जनाको रिपोर्ट नेगेटिभ, दमकका १ सहित झापामा ८ संक्रमित थपिए

0
842

दमक,९ भदौ / झापा दमकका १ पुरुषमा कोरोना भाईरस पुष्टि भएको छ ।

बिराटनगरमा बस्ने दमक १० का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको प्रदेश एक सामाजिक बिकास मन्त्रालयले जनाएको छ । यता दमकका १८१ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ ।

दमकबाट पीसिआर टेष्टका लागी पठाइएका २०९ मध्ये १८१ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको दमक नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

आज झापाको भद्रपुरमा १ महिला ३ पुरुष, कमल गाउँपालिकामा १ महिला १ पुरुष, र गौरीगञ्जमा १ पुरुष र दमकमा एक गरी थप ८ जनामा कोरोना पुष्टि भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here