आज दिउँसो र राति केही स्थानमा भारी वर्षा हुने

0
179

काठमाडौँ – आज देशका केही भू-भागमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् ।

अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । अहिले बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार अब क्रमिक रूपमा पानी पर्न रोकिएर मौसम खुल्दै जाने छ । दिउँसोपछि भने फेरि बादल लागेर कतै-कतै मेघगर्जनसहित पानी पर्न सक्ने उनको भनाइ छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक/दुई ठाउँमा आज दिउँसो ठूलो वर्षाको पूर्वानुमान गरिएको छ । यस्तै आज राति देशभरिकै मौसम सामान्यतया बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई ठाउँमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here