कोरोना पोजेटिभ देखिएका दमक १ का एक बृद्धको काठमाण्डौ स्थित ह्याम्स हस्पिटलमा मृत्यु

0
1459

दमक/ कोरोना संक्रमण पुष्टि भएका झापाका एक ब्याक्तिको मृत्यु भएको छ । दमक १ का एक बृद्वको  उपचारका लागि काठमण्डौस्थित ह्याम्स हस्पिटलमा उपचारका लागि गएका थिए । उनलाई त्यहाँ जाँचको क्रममा कोराना देखिएको थियो ।

कोरोना संक्रमणका कारण दमकमा अहिलेसम्म कसैको पनि मृत्यु भएको थिएन । उनि पहिलो हुन् । दमकमा पछिल्लो समयमा समुदायमा कोरोना सक्रमण फैलिदो अवस्थामा रहेको छ । मृतकका परिवारका सदस्यहरु दमकमा नै रहेको जनाईएको छ ।

यसैबीच आइतवार दमकमा कोरोना संक्रमित संख्या बढेको छैन । नयाँ रिर्पोट नआएको बताईएको छ ।आइतबार देशभर ८१८ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३१ ह्जार हजार ९३२ पुगेको छ। दमकमा लकडाउन एकसाताका लागि थप भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here