दमकमा थप ४ जनामा कोरोना संक्रमण, सावधान रहन आग्रह

0
1801

दमक , १ भाद्र / झापाको दमकका ४ पुरुष र शिवसताक्षीका २ गरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार दमक नगरपालिकाबाट गत साउन २८ गते स्वाव संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको स्वावकोे रिपोर्टमा थप ६ जनामा कोरोना पुष्टि भएको हो ।

आज आएको रिर्पोटमा संक्रमण पुष्टि भएका ६ जनामध्ये दमकका ४ जना र २ जना शिवसताक्षी नगरपालिकाका रहेको बताइएको छ ।

प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा आज २९ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये १३ महिला र १६ पुरुष छन् ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९२ पुगेको छ ।

प्रदेश १ मा आज २४ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here