प्रदेश १ मा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि

0
393

विराटनगर, साउन ३१ । प्रदेश १ मा शुत्रवार  थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना संक्रमित थपिएका हुन ।

संक्रमितमध्ये ७६ पुरुष र २८ जना महिला छन । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ ।

यसैबीच प्रदेश १ बाट आज ३५ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here