फाेटाे ग्राफिकाे सफल्ता संगै, सिने क्षेत्रमा पाईला चाल्दै सरोज

0
974

दमक /   फाटाे ग्राफि प्राय महंगाे पेशाकाे रूपमा लिने गरेका छन् त्यहि भएर पहिले पहिले मानिस हरू आफ्नाे साेख पुरा गर्न मात्र फाेटाे खिच्ने गर्थे तर पछिल्लाे समयमा प्रबिधिकाे बिकास संगै यसलाइ पेशाकै रूपमा लिन थालिएकाे छ ।

यस्तै फाेटाे ग्राफीलाइनै पेशा बनाउदै आएका झापा दमकका फोटो ग्राफर हुन् सरोज श्रेष्ठ । पूर्वमा विबाह छायंकान, तथा फोटो ग्राफरहरुको नाम लिनु पर्दा उनकाे नाम अग्र स्थानमा आउने गरेकाे छ । विगत ८ वर्ष देखी झापाको दमकलाई कार्यक्षेत्र बनाई फोटो ल्याण्ड स्टूडियो चलाउदै आएका सरोजले फाेटाे ग्राफि संगै हाल  रोज बिड्स् भन्ने श्रृगारका सामानकाे पसल  पनि संन्चालन गरीरहेका छन् ।

आफुमा लगनशिलता र आत्माविश्वास भए जुनै काम पनि सहज तरिकाले गर्न सकिने श्रेष्ठकाे भनाइ छ । मिहेनती श्रेष्ठले जिवनमा धेरै संङ्घर्ष गरिसकेका छन् । अन्य व्यवसायमा पनि संगलग्नता रहेका सरोजले फाटाे तथा भिडियाे ग्राफिकाे क्षेत्रमा फड्काे मार्दै  म्युजिक भिडियाे र सिने क्षेत्रमा पनि पाइला चालिसकेका छन् । भविश्यमा कुसल निर्देशक तथा छायांकारकाे रुपमा अघि बढ्ने  सोच रहेका उनले पुर्वमा भिडियो छायांकन,  विबाह फाेटाे, प्रि फाेटाे सुट, पाेस्ट फाेटाे सुट, इडिटिङ्ग, कल्लर ग्रेडिङ्गकाे काममा उत्कृष्ट सेवा दिदै आएकाे बताउछन् ।

हालै उनको स्टुडियो ‘फोटो ल्याण्ड’ काे प्राेडक्सनमा  म्युजीक भिडियो ‘खास’ ओएस आर डिजीटलमार्फत सार्वजनिक भएको छ । सरोजको सिनेम्याटोग्राफि रहेको उक्त  भिडियोलाई पूर्वको रमणिय स्थानहरुमा कैद गरिएको छ ।

सिग्नेचर्स ब्याण्डको संगित रहेको उक्त गितमा रितेश निर्भानाको शब्द र स्वर रहेको गित लाइ सन्देश  परियारले मिक्सीङ्ग/ मास्टरिङ्ग, संगित रेकर्ड राजिव पाठक र अजय धिमालले गरेका हुन् । भिडियोमा ड्रोन सुजन श्रेष्ठ, छायंकन सहयोगीहरु उमेश धिमाल र करण दंगाल, दृश्य सम्पादन तथा रंग करन दंगाल ले गरेका हुन् । भिडियोमा श्रद्धा  हमाल ठकुरीले फिचरङ गरेकी छन् । कलाकारलाई रचना सुब्बाले सृङ्गारेकी हुनभने, टेक बयलकोटिले निर्देशन गरेका हुन् ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here