कोरोना संक्रमणको जोखिम कम गर्न सचेतना स्वरुप मास्क बितरण

0
411

दमक / सामाजिक काममा सकृय रहेका लायन्स क्लबहरूले कमल गाउपालिकाकाे पाडाजुंगीमा मास्क वितरण गरेको छन् ।

दमक र लखनपुरमा सकृय रहेका क्लबहरू लायन्स क्लब अफ दमक लखनपुर, लायन्स क्लब अफ दमक एक्टिभ लेडी र लियाे क्लब अफ दमक लखनपुरले अाज संयुक्त रूपमा पाडाजुंगीमा देखि मंगलबारे सम्मकाे क्षेत्रमा मास्क बितरण गरेका हुन् ।

कोरोना संक्रमण दिन दिनै समुदाय स्तरमा  बढिरहेको अवस्थामा नागरिकहरुलाई स्वास्थ्य सुरक्षा अपनाउन मास्क वितरण गरिएको  लायन्स क्लब अफ दमक लखनपुरका अध्यक्ष हेम सिहं अधिकारीले जानकारी दिए । समुदाय स्तरमा भाइरस पसि सकेकाले अब कोरोना संक्रमणको जोखिम धेरै हुनेसक्ने भएकोले मानिसहरू सचेतना स्वरुप मास्क बाढीएकाे  उनले बताए ।

क्लबले ट्राफिक प्रहरीकाे सहयतामा पुर्व पश्चिम राजमार्गमा सवारी साधन रोकेर पनि मास्क वितरण गर्नुकाे साथै मास्क अनिवार्य प्रयाेग गर्न समेत अनुराेध गरीएकाे थियाे । साे कार्यक्रममा तिन वटै क्लबका पधादीकारी सदस्य लगायतकाे उपस्थिती रहेकाे थियाे  ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here