प्रदेश १ का कानुनमन्त्री कार्की बसे होम क्वारेन्टाइनमा

0
410

झापा, २२ साउन /  प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम क्वारेन्टाइनमा बसेका छन् ।

केही दिन पहिले सङ्घीय राजधानी काठमाडौँमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी रहेका अवस्थामा प्रदेश नं.२ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण भएको पुष्टि भए पछी मन्त्री कार्की होम क्वारेन्टाइनमा बसेका मन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार मन्त्री कार्कीले आफूहरुसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई स्वाब परीक्षण गर्न आग्रह गरेका छन् । मन्त्रीको निवासमा कार्यरत सबैको स्वाब लिने तयारी भइरहेको छ । यता मन्त्री कार्कीकाे पीसीआर काे रिपार्ट भने भाेली सम्म आउने सचिव पौडेलको जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here